दफा ३९
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
(१) यस ऐन बमोजिम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन सम्बन्धी काम गर्ने प्रयोजनको लागि मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग रहनेछ। (२) नेपाल सरकारको निर्णय अनुसार विभागले शाखा कार्यालय वा इकाइ

स्थापना गरी कार्य सञ्चालन गर्न सक्नेछ।