(१) नेपाल स्काउटको सर्वोच्च निकायको रूपमा एउटा राष्ट्रिय परिषद् रहनेछ ।
(२) राष्ट्रिय परिषद्को गठन देहाय बमोजिम हुनेछः–
(क) प्रमुख स्काउट – अध्यक्ष
(ख) प्रमुख आयुक्त – उपाध्यक्ष
(ग)संघीय संसदका सदस्यहरुमध्येबाट तीनजना – सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) – सदस्य
(घ१) गर्भनर, नेपाल राष्ट्र बैंक – सदस्य
(ङ) सचिव, युवा तथा खेलकुद मन्त्रालय – सदस्य
(च) सचिव, अर्थ मन्त्रालय – सदस्य
(छ) सचिव, महिला तथा समाज कल्याण मन्त्रालय – सदस्य
(ज) ………………….
(झ) महामन्त्री, नेपाल रेडक्रस सोसाइटी – सदस्य
(ञ) समाजसेवीहरूमध्येबाट पाँचजना – सदस्य
(ट) चन्दादाताहरूमध्येबाट तीनजना – सदस्य
(ठ) प्रत्येक प्रदेशबाट दुईजना महिला र दुईजना पुरुषको प्रतिनिधित्व हुने गरी सम्बन्धित प्रदेशका नेपाल स्काउटका राष्ट्रियस्तरका तालीमप्राप्त दलका सदस्यहरुले आफूमध्येबाट निर्वाचन गरी पठाएका अट्ठाईसजना – सदस्य
(ड) नेपाल स्काउटका प्रदेश तहका सदस्यहरुले आ-आफ्नो प्रदेशबाट चारजनाका दरले प्रतिनिधित्व हुने गरी आफूहरुमध्येबाट निर्वाचन गरी पठाएका अट्ठाईसजना – सदस्य
(ढ) सचिव – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ख), (ग), (ञ) र (ट) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको लागि राष्ट्रिय परिषद्ले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय परिषद्को सदस्यमा मनोनयन गर्नेछ ।
तर यस उपदफा बमोजिमका सदस्यहरूको पहिलो पटक मनोनयन गर्नको लागि प्रमुख स्काउटले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय परिषद्को सदस्यमा मनोनयन गर्नेछ ।
(४) उपदफा (२) को खण्ड (ठ) र (ड) बमोजिमका सदस्यहरूको निर्वाचन तोकिए बमोजिम हुनेछ ।
(५) राष्ट्रिय परिषद्का मनोनीत तथा निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।