दफा ४९
राष्ट्रिय वनमा मनाही भएका कार्यहरु
कसैले पनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा अन्यथा व्यवस्था भएकोमा बाहेक राष्ट्रिय वनमा देहायका काम कारबाही गर्न वा गराउन र सो गर्ने गराउने उद्योग समेत गर्न हु“दैन । त्यस्तो कुनै काम कारबाही गरेमा कसूर गरेको मानिनेछः–
(क) वन क्षेत्रको जग्गा फा“ड्न, जोत्न, खन्न वा आवाद गर्न वा त्यस्तो जग्गामा घर छाप्रो बनाउन ।
(ख) आगो लगाउन वा आगलागी हुन जाने कुनै कार्य गर्न ।
(ग) चौपायालाई तोकिएको वन क्षेत्रभित्र पसाउन वा चराउन ।
(घ) वन क्षेत्रबाट वन पैदावार हटाउन, ओसार पसार गर्न वा बिक्री वितरण गर्न ।
(ङ) रुख वा विरुवा काट्न, हा“गा बिंगा छिमल्न, खोटो वा बोक्रा झिक्न वा कुनै पनि प्रकारले नोक्सानी गर्न ।
(च) इजाजत प्राप्त गरी रुख काट्दा, ढाल्दा, घिसार्दा वा वन क्षेत्र बाहिर लैजा“दा लापरबाहीस“ग अन्य कुनै वन पैदावार नोक्सान गर्न ।
(छ) ढुड्डा, गिट्टी, बालुवा वा माटो झिक्न, गोल वा चून पोल्न वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउन वा यी वस्तुहरु सड्ढलन गर्न ।
(ज) वन पैदावार लिन पूर्जी पाएकोमा पुर्जी शर्त उल्लङ्घन गरी वन पैदावार नोक्सानी गर्न ।
(झ) विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार विदेश निकासी गर्न ।
(ञ) वन सिमाना चिन्ह उखेल्न, सार्न, फेर्न, मेट्न वा बिगार्न ।
(ट) नर्सरीमा रहेको वा वृक्षारोपण गरिएको बिरुवा काट्न, भा“च्न, उखेल्न वा अरु कुनै प्रकारले नोक्सान गर्न ।
(ठ) नर्सरी वा वृक्षारोपण गरिएको क्षेत्रका खम्बा, तारको बार वा त्यस्ता अरु सम्पत्ति बिगार्न वा चोरी गर्न ।
(ड) टा“चा वा निसाना कीर्ते गर्न वा काठ वा खडा रुखमा लगाइएका सरकारी टा“चा, निसाना फेर्न, बिगार्न वा मेट्न ।
(ढ) शिकार खेल्न ।
(ण) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको बर्खिलाप अन्य कुनै कसूर गर्न ।