नियम १७
राहदानी वा यात्रा अनुमतिपत्र दस्तुर

(१) साधारण राहदानी, यात्रा अनुमतिपत्र वा अस्थायी राहदानी लिन चाहने व्यक्तिले अनुसूची–४ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति परेकोमा वाहेक पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयाँ राहदानी लिनु पर्दा त्यस्तो राहदानी वापत यस नियमावली बमोजिम लाग्ने दस्तुरमा दोब्बर दस्तुर लिई नयाँ राहदानी जारी गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “विशेष परिस्थिति” भन्नाले आगलागी, भूकम्प, बाढी जस्ता प्राकृतिक प्रकोपको स्थितिलाई जनाउनेछ ।