नियम ११
राहदानी वितरण

(१) यस नियमावली बमोजिम राहदानीको लागि कुनै व्यक्तिको निवेदन प्राप्त भएमा सम्बन्धित निवेदकलाई कार्यालयले राहदानी प्रदान गर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ७ बमोजिम जिल्ला प्रशासन कार्यालय वा नियोगमार्फत कार्यालयमा राहदानीको लागि निवेदन प्राप्त भएमा कार्यालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नियोग मार्फत सम्बन्धित निवेदकलाई राहदानी वितरण गर्ने गरी पठाउन सक्नेछ ।

तर निवेदकले कार्यालयबाट नै राहदानी बुझी लिन चाहेमा निवेदकको पहिचान हुने विवरणको प्रतिलिपि लिई सम्बन्धित निवेदकलाई कार्यालयबाट राहदानी प्रदान गर्न सकिनेछ ।