दफा ११
रीत पुगेको मानिने
 (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम बोर्डबाट परियोजना लगानी स्वीकृत भई दफा १० बमोजिम अनुमतिपत्र प्राप्त गरेकोमा त्यस्तो अनुमतिपत्र प्रचलित कानूनको रीत पुर्याई जारी भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको अनुमतिपत्रका शर्तहरु उपर अनुमतिपत्र बहाल रहेको अवधिभर प्रतिकूल हुने गरी कुनै कानूनी, प्रशासनिक वा नीतिगत व्यवस्था गरिने छैन र त्यसउपर प्रतिकूल हुने गरी गरिएको कुनै पनि कानूनी, प्रशासनिक वा नीतिगत व्यवस्था मान्य हुने छैन ।