दफा १८
रीतपूर्वक म्याद रीतपूर्वक म्याद न्यायिक लिखत तामेल भएको मानिने
(१) दफा १५ बमोजिम पारस्परिक कानूनी सहायताको लागि गरिएको अनुरोधको आधारमा विदेशी राज्यबाट सम्बन्धित व्यक्तिको नाममा म्याद वा न्यायिक लिखत तामेल भएको लेखी आएमा निजको नाममा रीतपूर्वक म्याद वा न्यायिक लिखत तामेल भएको मानिनेछ ।
(२) दफा १५ बमोजिम पारस्परिक कानूनी सहायताको लागि गरिएको अनुरोधको आधारमा विदेशी राज्यले म्याद वा न्यायिक लिखत तामेल गर्न इन्कार गरेमा वा त्यस्तो मुलुकले त्यस्तो व्यक्ति पत्ता नलागेको वा पहिचान हुन नसकेको कारणले म्याद वा न्यायिक लिखत तामेल नभएको जानकारी कूटनैतिक माध्यमबाट केन्द्रीय अधिकारी मार्फत अदालतलाई दिएमा त्यस्तो व्यक्ति रहे बसेको मुलुकको वा नेपालको कुनै राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा त्यस्तो म्याद वा न्यायिक लिखतको व्यहोरा प्रकाशन गरिनेछ ।
(३) उपदफा (२) बमोजिम म्याद वा न्यायिक लिखत तामेल भएकोमा रीतपूर्वक म्याद वा न्यायिक लिखत तामेल भएको मानिनेछ ।