दफा ६क
रोक लगाउन सक्नेः
(१) कसैले कुनै प्रस्ताव दफा ६ बमोजिम स्वीकृति नलिई कार्यान्वयन गरेमा वा स्वीकृत भए भन्दा विपरीत हुने गरी कार्यान्वयन गरेमा तोकिएको अधिकारीले दफा १८ को उपदफा (१) बमोजिम त्यस्तो प्रस्ताव कार्यान्वयनमा तुरुन्त रोक लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै प्रस्ताव कार्यान्वयन गर्न रोक लगाइएकोमा प्रस्तावकले कुनै किसिमको क्षतिपूर्तिको लागि दाबी लिन पाउने छैन ।
(३) उपदफा (१) बमोजिम कार्यान्वयनमा रोक लगाइएको प्रस्ताव मध्ये स्वीकृति नलिएको प्रस्तावको हकमा दफा ६ बमोजिमको प्रक्रिया पुरा गरी स्वीकृति प्राप्त गरेमा र स्वीकृत भए भन्दा विपरीत कार्यान्वयन भएको प्रस्तावको हकमा प्रस्ताव बमोजिम हुने गरी सुधार गरेमा तोकिएको अधिकारीले त्यस्तो प्रस्तावको कार्यान्वयन फुकुवा गर्न सक्नेछ ।