दफा ७
रोजगारीबाट हटाउन नपाइने
(१) रोजगारीमा रहेको व्यक्तिलाई प्रचलित कानून बमोजिम बाहेक विना कारण रोजगारीबाट हटाउन पाइने छैन।
(२) रोजगारीमा रहेको व्यक्तिलाई लागू हुने सेवा शर्त सम्बन्धी कानून बमोजिम बाहेक रोजगारीबाट हटाएमा त्यसरी हटाइएको व्यक्तिले आफू रोजगारीमा कायमै रहनको लागि कारण सहित सम्बन्धित रोजगार सेवा केन्द्रमा निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा रोजगार सेवा केन्द्रले रोजगारीमा रहेको व्यक्तिलाई रोजगारबाट हटाउनु पर्नाको कारणबारे आवश्यक जाँचबुझका लागि सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम पठाएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा विना कारण रोजगारबाट हटाइएको देखिएमा निवेदकलाई काममा लगाई राख्न रोजगारदातालाई सम्बन्धित स्थानीय तहले निर्देशन दिन सक्नेछ।