नियम २७
लगबूक

(१) नेपाल अधिराज्यमा दर्ता भएको प्रत्येक वायुयानले देहाय बमोजिम लग बूक अद्यावधिक रुपमा कायम राख्नु पर्नेछ ः
(क) यात्रा लगबूक,
(ख) वायुयान लगबूक,
(ग) एक ईन्जिन भएको वायुयानको हकमा एक ईन्जिन लगबूक र एक भन्दा बढी ईन्जिन भएको वायुयानमा प्रत्येक ईन्जिनको लागि छुटृा
छुटृै ईन्जिन लगबूक,
(घ) एक पीच प्रोपेलर भएको वायुयानको हकमा एक पीच प्रोपेलर लगबूक र एक भन्दा बढी पीच प्रोपेलर भएको वायुयानमा प्रत्येक  पीच प्रोपेलरको लागि छुटृा छुटृै पीच प्रोपेलर लगबूक,
(ङ) रेडियो पाटर््स रहेको वायुयानको हकमा रेडियो पार्ट्स लगबूक ।
(२) उपनियम (१) बमोजिमको लगबूकहरु जारी गर्ने अधिकार महानिर्देशकलाई हुनेछ ।
(३) उपनियम (१) बमोजिमको लगबूक अद्यावधिक रुपमा राख्नु पर्ने सम्बन्धी अन्य कार्यविधि तथा विवरणहरु एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।