नियम
लगानीयोग्य परियोजनाको सूची तयार गर्ने
(१) कार्यालयले ऐनको दफा ९
बमोजिमका लगानीयोग्य परियोजनाको सुची तयार गरी स्वीकृतिका लागि बोर्ड समक्ष
सिफारिस पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस भएको सूची मध्येबाट बोर्डले
प्रतिस्पर्धात्मक वा प्राथमिकताको क्षेत्र छनौट गरी त्यस्ता परियोजना स्वीकृत गर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रतिस्पर्धात्मक क्षेत्र छनौट गरिएको परियोजना भए
यस परिच्छेद बमोजिम प्रतिस्पर्धा गराई छनौट भएको परियोजनालाई लगानी अनुमति
दिईनेछ ।
(४) उपनियम (२) बमोजिम स्वीकृत भएका परियोजनाको सूची कार्यालयले
बोर्डको वेवसाईटमा राखी राष्ट्रिय स्तरका पत्रपत्रिकामा समेत प्रकाशन गरी सार्वजनिक
गर्नेछ ।