दफा २८
लघुबीमकको पुँजी
(१) ऐनको दफा ७६ बमोजिम संस्थापना हुने लघुबीमा व्यवसाय गर्ने बीमकको न्यूनतम चुक्ता पुँजी पचहत्तर करोड रूपैयाँ हुनेछ।

(२) प्राधिकरणले उपनियम (१) बमोजिमको न्यूनतम पुँजी समय समयमा बढाउन सक्नेछ।