नियम १४
लागत अनुमानको स्वीकृति
(१) नियम १०, ११ र १३ बमोजिम तयार भएको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ:-

(क) पाँच करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट,

(ख) दश करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट,

(ग) बीस करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुखबाट, र

(घ) बीस करोड रुपैयाँभन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट ।

(२) नियम १२ बमोजिम तयार भएको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ :- (क) बीस लाख रुपैयाँसम्मको लागत अनुमान राजपत्राड्गित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट,

(ख) पचास लाख रुपैयाँसम्मको लागत अनुमान राजपत्राड्गित ८ द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट,

(ग) एक करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुखबाट, र

(घ) एक करोड रुपैयाँभन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट ।

(३) सार्वजनिक निकायको प्रमुख आफैले यस नियम बमोजिम लागत अनुमान वा नियम ५क. बमोजिमको विवरण स्वीकृत गर्न नमिल्ने भएमा एक तह माथिको अधिकारीबाट स्वीकृत गराउनु पर्नेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संवैधानिक अङ्ग वा निकाय, मन्त्रालय, सचिवालय र यस्तै प्रकृतिका अन्य कार्यालयका सचिव वा प्रशासकीय प्रमुखले आफ्नो कार्यालयको लागि गरिने खरिदको जतिसुकै रकमको लागत अनुमान स्वीकृत गर्न सक्नेछ ।