नियम ६०
लिक्विडेटरको काम, कर्तव्य र् अधिकार
: (१) ऐनको दफा दद बमोजिम दर्ता खारेज भएको सहकारी संस्थाको लिक्विडेटरको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :- (क) बिघटन भएका सहकारी संस्थाबाट असुल हुन बाँकी रहेको रकम चुक्ता गर्नका लागि सो सहकारी संस्थाका हालवाला बा साविकवाला सदस्यहरू वा मृत सदस्यहरूको जायजेथाबाट बाँकी रकम नियम ३० र् नियम ३२ बमोजिम असुलउपर गर्न,
(ख) बिघटन भएका सहकारी संस्थासँग कुनै साहुको कुनै रकम बाँकी लागिराखेको रहेछ र सो संस्थाकै हिसाबकिताबमा चढाइएको रहेनछ भने त्यस्ता साहुलाई यो यति म्यादभित्र सो रकमको दाबा गर्न आउनु भनी वा सो बाँकी लागेको प्रमाणित नभएसम्म त्यति रकम वितरण नगरियोस् भनी दाबी गर्न आउनु भनी सूचना जारी गर्ने,
(ग) साहुहरू मध्ये कसलाई प्राथमिकता दिने भन्ने प्रश्न उठेमा त्यसको निर्णय गर्ने,
(घ) सहकारी संस्था विघटन गर्ने सिलसिलामा सहकारी संस्थाको जायजेथा जम्मा गर्ने र वितरण गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिने, (ङ) सहकारी संस्थाले गरेको वा सहकारी संस्थाको रखिरुद्धमा गरिएको दाबीको सम्बन्धमा दुवै पक्षबीचमा मिलापत्र गराउने,
(च) बिघटनका लागि आवश्यक देखेमा सदस्यहरूको बैठक बोलाउने,
(छ। सहकारी संस्थाको खाताबही, कागजात, लिखत र् जायजेथाको जिम्मा लिने,
(ज) सहकारी संस्थाको सम्पत्ति बेचबिखन गर्ने,
(झ) -सरोकारवालाहरूसँग समेतको परामर्शमा सहकारी संस्थाको जायजेथा बितरण गर्ने योजना तयार गरी त्यसको वितरण गर्ने ।
(२) उपनियम (१) बमोजिमको अधिकारको प्रयोग गर्दा लिक्बिडेटरले आवश्यक सम्झेमा सहाकारी संस्थाको गठन, काम, कर्तव्य, सम्पत्ति वा अन्य कुराको सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न पक्ष, विपक्ष, साक्षीहरू र संस्था वा “सङ्घको कुनै कर्मचारीलाई आफूसमक्ष उपस्थित गराई सोधपुछ गर्न सक्नेछ ।