नियम १५
लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने
प्रचलित कानुनले प्रमाण लाग्न सक्ने कागजपत्र, नक्सा, सूचना, विवरण आदि कुनै कारणले न्यायाधिकरण समक्ष पेश हुन सकेको रहेनछ भने मुद्दा पेशी सूचीमा चढ्नु भन्दा अगावै न्यायाधिकरणले त्यस्तो प्रमाण पेश गर्न सम्बन्धित
पक्षलाई आदेश दिन सक्नेछ ।