दफा ४७
लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजाय
: (१) कुनै इजाजतपत्रवालाले जानी–जानी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्नुपर्ने कुनै लिखत वा प्रतिवेदन लुकाएमा वा कुनै कुरा हेरफेर गरेमा वा झुट्टा व्यहोरा पारेमा वा झुट्टा व्यहोरा तयार गर्न लगाएमा निजलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना र छ महिनादेखि एक वर्षसम्म कैद हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय पाएको इजाजतपत्रवालाले पुन सो सजाय पाउने ठहरिएमा दोब्बर सजाय गरी निजले प्राप्त गरेको इजाजतपत्र रद्द गरिनेछ ।