दफा
लिखतको वर्गीकरण

(१) लिखतहरूको गोप्यताको प्रयोजनको लागि लिखतहरूलाई
देहायबमोजिम वर्गीकरण गरिनेछ :
(क) सख्त निषेधित लिखत,
(ख) अति गोप्य लिखत,
(ग) गोप्य लिखत
(२) लिखतहरूको गोप्यताको लागि कुनै कार्यालयको कुनै लिखतलाई कुन वर्गमा राख्ने भन्ने कुरा छुट्याउने जिम्मेवारी मुख्य सचिवको अध्यक्षतामा सम्बन्धितमन्त्रालयको सचिव समेत भएको समितिको हुनेछ ।

तर नेपाल सरकारले गरेका सामान्य निर्णय तथा आदेशहरूलाई वर्गीकृत लिखतमा पारिने छैन ।
(३) लिखत गोप्य रहने वर्ग छुट्याउने आधारहरू तोकिएबमोजिम हुनेछन् ।
(४) यस दफाबमोजिम वर्गीकृत नगरिएको लिखत गोप्य मानिने छैन ।