नियम ३५
लिलाम बिक्री नभएमा जायजेथा सहकारी संस्थाको स्वामित्वमा रहने
: नियम ३० र नियम ३२ बमोजिम लिलाम बिक्री गर्नुपर्ने जायजेथा लिलाम बिक्री गर्दा कसैले नसकारेमा सहकारी संस्थाले उक्त जायजेथाको स्वामित्व आफूमा लिन सक्नेछ र त्यस्तो स्थितिमा सम्बन्धित कार्यालयहरूले सहकारी संस्थाको जनाउ बमोजिम आफ्नो कार्यालयमा रहेको स्रेस्तामा तदनुसार रजिष्ट्रेशन वा दाखिल खारेज गरिदिनु पर्नेछ ।