नियम १०
लिलाम बिक्री सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १७ बमोजिम रोक्का रहेको वस्तु वा सम्पत्ति लामो समयसम्म कब्जामा राख्दा खिया लागी वा अरू कुनै परिवन्दबाट टुटफुट वा नोक्सान हुन सक्ने देखिएमा वा सडी गली जाने भएमा वा पुरानो भै मूल्य घट्न जाने भएमा वा वेवारिसे भएमा वा स्थान अभावको कारणबाट राख्न नसकिने भएमा वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाको भएमा त्यस्तो वस्तु वा सम्पत्तिको अवस्था र प्रकृति हेरी बढीमा सात दिनसम्मको म्याद दिई लिलाम बिक्रीको सूचना कार्यालयको सूचना पाटीमा टाँस गरी लिलाम बिक्री गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्दा लिलाम विक्री गर्ने वस्तु रहेको स्थानको स्थानीय निकायको एकजना प्रतिनिधि वा नजिकको सरकारी कार्यालयको एक जना कर्मचारी र सम्भव भएसम्म सम्बन्धित व्यक्ति वा निजको प्रतिनिधि समेतलाई रोहवरमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम लिलाम विक्री गरिने वस्तु वा सम्पत्तिको लिलाम विक्री गर्दा त्यस्तो वस्तु वा सम्पत्तिको प्रचलित बजार मूल्यलाई आधार मानी न्यूनतम मूल्य कायम गरी बढाबढको आधारमा लिलाम विक्री गर्नु पर्नेछ ।