नियम २९क
लिलाम विक्री गर्दा लागेको खर्च
(१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आफ्नो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम विक्री गरी ऋण असुल गर्दा त्यस्तो लिलाम विक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च कटाइ बाँकी रहन आएको रकमबाट सम्बन्धित
बैङ्क वा वित्तीय संस्थाले पाउनु पर्ने रकम त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई दिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च र बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने रकम कटाइ बा“की रहन आएको रकम सम्बन्धित ऋणी वा जमानत दिने व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि न्यायाधिकरणले आवश्यक ठानेमा चल अचल सम्पत्ति लिलाम विक्री गर्नु भन्दा अगावै पनि लिलाम विक्री गर्दा लाग्ने अनुमानित खर्च सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई अग्रीम रूपमा दाखिला गर्न लगाउन
सक्नेछ ।