दफा १०
लुगा भत्ता
(१) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल बाहिर जाँदा तीन वर्षमा एक पटक लुगा भत्ता बापत अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल बाहिर जाँदा महान्यायाधिवक्ताले आफ्नो श्रीमती वा श्रीमान समेत साथमा लैजाने स्वीकृति पाएमा श्रीमती वा श्रीमानको लागि तीन वर्षमा एकपटक आफ्नो एक महिनाको पारिश्रमिकको आधा रकम लुगा भत्ता बापत पाउनेछ ।