नियम १०२
लेखा उत्तरदायी अधिकृतको कर्तव्य
यस नियमावली बमोजिम लेखा राख्ने, लेखा दाखिला गर्ने तथा लेखापरीक्षण भए वा नभएको रेखदेख निरीक्षण गर्ने गराउने र महालेखा परीक्षकको वार्षिक प्रतिवेदनको प्रतिक्रिया दिने व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको छलफलमा भाग लिई बेरुजु फछ्र्यौट् सम्बन्धी काम कारबाही गर्ने गराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।