नियम ८९
लेखा तथा आर्थिक विवरण पेश गर्नु पर्ने
यस नियमावली बमोजिम सम्बन्धित निकाय वा कार्यालयमा लेखा तथा आर्थिक विवरण पेश गर्नु र महालेखा नियन्त्रक कार्यालय तथा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले माग गरे बमोजिम आवधिक लेखा तथा आर्थिक विवरण र वैदेशिक सहायताका विवरण, वस्तुगत सहायता, सीधै भुक्तानी, टर्नकी बेसिसको सहायता, प्राविधिक र अन्य सहायताको दातृ संस्था र स्रोतको प्रकार समेत खुल्ने निकासा र खर्चको विवरण समेत पेश गर्नु सम्पूर्ण कार्यालय प्रमुखको कर्तव्य हुनेछ । यस नियमावली बमोजिम लेखा तथा आर्थिक विवरण मनासिव माफिकको कारण बेगर पेश गर्नु पर्ने समयमा पेश नगर्ने कार्यालय प्रमुख उपर प्रचलित कानून बमोजिम विभागीय कारबाही समेत चलाउन सकिनेछ ।