नियम ९४
लेखा नराख्ने वा प्रतिवेदन पेश नगर्नेलाई कारबाही हुने
लेखा उत्तरदायी अधिकृतले यस नियमावली बमोजिम राख्नु पर्ने राजस्व विनियोजन धरौटी लगायतको लेखा नराख्ने वा प्रतिवेदन पेश नगर्ने सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखलाई
लेखा नराखेकोमा लेखा नरहेको रकमको पाँच प्रतिशतसम्म र प्रतिवेदन पेश नगरेकोमा सात दिनको तलब बराबरको रकम जरिवाना गर्नु पर्नेछ ।