दफा ४२
लेखा परीक्षण प्रतिवेदन जाँच गर्न सक्ने
(१) दफा ४१ बमोजिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिए बमोजिम जाँच गराउन सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि आयोग वा आयोगले तोकिदिएको अधिकारीले सम्बन्धित दलबाट कुनै विवरण वा कागजात माग गर्न सक्नेछ र त्यस्तो विवरण वा कागजात तोकिएको अवधिभित्र पेश गर्नु सम्बन्धित दलको कर्तव्य हुनेछ ।