दफा १८
लेखा र लेखापरीक्षण :
(१) परिषद्को लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
(३) परिषद्सँग आबद्ध सामाजिक संघ संस्थाहरूको लेखा र लेखापरीक्षण तोकिएबमोजिम हुनेछ ।
(४) नेपाल सरकारले चाहेमा परिषद्को हिसाब किताब सम्बन्धी कागजात र नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
(५) परिषद्ले चाहेमा परिषद्सँग आबद्ध सामाजिक संघ संस्थाहरूको हिसाव किताव सम्बन्धी कागजात र नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।