नियम १७
लेखा र लेखापरीक्षण

१७. लेखा र लेखापरीक्षण

(१) विकास कोषको लेखा नेपाल सरकारले अपनाएको तरीका बमोजिम राखिनेछ ।
(२) विकास कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट प्रचलित नेपाल कानुन बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि विकास कोषको लेखा जाँच्न वा जँचाउन सक्नेछ ।