दफा
लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
(१) ऐनको दफा २३ बमोजिमको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्राधिकरणको आवधिक वित्तीय विवरण तथा अन्य कागजातको लेखापरीक्षण र त्यस्ता कागजात ठीकसँग तयार भए वा नभएको यकिन गर्ने,

(ख) प्राधिकरणले अवलम्बन गरेको जोखिम व्यवस्थापन नीति कार्यान्वयन भए वा नभएको यकिन गर्ने,

(ग) प्राधिकरणले अपनाएको नीति, नियमको कार्यान्वयनको: प्रभावकारिता परीक्षण गर्ने,

(घ) प्राधिकरणसँग सम्बन्धित ऐन, नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित कानून पालना भए वा नभएको; सम्बन्धमा कार्यसम्पादन लेखापरीक्षण गर्ने वा गराउने,

(ङ) प्राधिकरणको लेखा, बजेट तथा कार्यक्रम, लेखापरीक्षण कार्यविधि र नियन्त्रण व्यवस्थाका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन समिति समक्ष पेस गर्ने,

(च) समितिबाट माग गरिएको विषयमा राय दिने।

(२) लेखापरीक्षण समितिले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको साठी दिनभित्र प्राधिकरणको कारोबारको आन्तरिक लेखापरीक्षण गराई सोको प्रतिवेदन समिति समक्ष पेस: गर्नु पर्नेछ।

(३) लेखापरीक्षण समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र लेखापरीक्षण गराई सोको प्रतिवेदन समिति समक्ष पेस गर्नु पर्नेछ।

(४) उपनियम (२) र (३) बमोजिम पेस हुन आएको प्रतिवेदनको सम्बन्धमा समितिले आवश्यक निर्देशन दिन सक्नेछ।

(५) लेखापरीक्षण समितिको बैठक महिनामा कम्तीमा एक पटक बस्नेछ।

(६) लेखापरीक्षण समितिले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।