नियम २१
लेख्य प्रकाणकलाई हटाउन सक्ने

देहायका अवस्थामा नियम ५ बमोजिम नियुक्त भएको लेख्य प्रमाणकलाई कार्यालयको सिफरिसमा नेपाल सरकारले हटाउन सक्नेछ र त्यसरी हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछः–

(क) लेख्य प्रमाणकले लेख्य प्रमाणकबाट हटाई पाउँ भनी निवेदन दिएमा,
(ख) लेख्य प्रमाणकले लेख्य प्रमाणकको प्रमाणपत्र नवीकरण नगराएमा,
(ग) लेख्य प्रमाणकको कानून व्यवसायीको प्रमाणपत्र निलम्वन वा खारेज भएमा, वा
(घ) लेख्य प्रमाणकले ऐन तथा यस नियमावली बर्खिलाप कुनै काम गरेमा ।