नियम
लेख्य प्रमाणकमा नियुक्त हुन निवेदन दिनु पर्ने

(१) लेख्य प्रमाणकमा नियुक्त हुन चाहने व्यक्तिले आफुले लेख्य प्रमाणक भई काम गर्न चाहेको जिल्ला वा अञ्चल उल्लेख गरी देहायको कागजपत्रहरुको प्रमाणिक प्रतिलिपि र निवेदन दस्तुर बापत र १०।– संलग्न राखी कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) शैक्षिक योग्ताको प्रमाणपत्र,
(ख) कानून व्यवसायीको प्रमाणपत्र,
(ग) नेपाली नागरिकताको प्रमाणपत्र, र
(घ) सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश र कुनै बैंकको कार्यालय प्रमुखको सिफारिस ।

(२)उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले आवश्यक जा“चबुझ गरी आप्mनो सिफारिस सहित निवेदकको निवेदन नेपाल सरकारमा पठाउनु पर्नेछ ।