नियम
लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापनको प्रकाशन, प्रसारण तथा वितरण
(१) नियम ५ग. मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी निकायले 'लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण तथा वितरण गर्नु परेमा त्यस्तो विज्ञापन तयार गरी बोर्डमा पठाउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त विज्ञापन बोर्डले देहायका आधारमा सञ्चार माध्यमलाई समानुपातिक रूपमा वितरण गर्नु वा गराउनु पर्नेछ:-

(क) प्रचलित कानून बमोजिम गरिएको सञ्चार माध्यमको वर्गीकरण,

(ख) सञ्चार माध्यमको प्रकाशन सङ्ख्या र भौगोलिक रूपमा वितरणको अवस्था,

(ग) सम्बन्धित : सञ्चार माध्यममा नागरिकहरूको पहुँच,

(घ) महिला, दलित वा अन्य पिछडिएको समुदायबाट वा पिछडिएको भौगोलिक क्षेत्रमा सञ्चालित सञ्चार माध्यम,

(e) लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन प्रकाशन वा प्रसारणका लागि मन्त्रालयले समय समयमा तोकेका अन्य आधार ।

(३) बोर्डले सम्बन्धित सञ्चार माध्यमसँग उपनियम (२) बमोजिमको आधारको पुष्ट्याइँ हुने कागजात वा प्रमाण माग गर्न सक्नेछ।