नियम १०१
लोक सेवा आयोगको परामर्श लिने कार्यविधि
कर्मचारीलाई विभागीय सजायको आदेश दिनुभन्दा पहिले सजाय दिने अधिकारीले ऐनको दफा ९० बमोजिम लोक सेवा आयोगको परामर्शको निमित्त लेखी पठाउँदा तत्सम्बन्धमा प्रस्तुत भएका सफाई, स्पष्टीकरण तथा सबुद प्रमाण समेतको मूल्याङ्कन गरी सो आधारमा गर्न खोजिएको विभागीय सजाय समेत उल्लेख गरी सम्बन्धित सबै सक्कल कागजात  संलग्न राखी पठाउनु पर्नेछ ।