नियम २०
वन क्षेत्र उपलब्ध गराउन सकिने
(१) कार्ययोजनाले निर्दिष्ट गरेको तथा वन विकास कार्य गर्नको लागि नेपाल सरकारले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सरकारी वा गैरसरकारी संस्थालाई तोकेको शर्तमा तोकिएको क्षेत्र र अवधिको लागि बोलकबोल प्रथाद्वारा वन क्षेत्र उपलब्ध गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उपलब्ध गराइएको वन क्षेत्रमा रहेका वन पैदावारको उपयोग यस परिच्छेदमा उल्लेख भए बमोजिम नै हुनेछ ।