दफा ७०
वन क्षेत्रमा प्रवेश निषेध
(१) वन संरक्षणको दृष्टिकोणबाट आवश्यक देखिएमा तोकिएको अधिकृतले राष्ट्रिय वन वा संरक्षित वनको सम्पूर्ण भाग वा कुनै भागमा निश्चित समयको लागि सूचना प्रकाशित गरी प्रवेश निषेध गर्न सक्नेछ ।
तर तोकिएको अधिकृतले तोकिदिएको बाटोबाट आवत जावत गर्न यसले कुनै प्रतिबन्ध लगाएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम निषेध गरेको क्षेत्रमा निषेधाज्ञा उल्लङ्घन गरी प्रवेश गर्नेलाई पा“च सय रुपैया“सम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।