नियम ३५
वन पैदावारको ओसार पसार
(१) उपभोक्ता समूहले बिक्री गरेको काठ उपभोक्ता समूहको क्षेत्रभन्दा बाहिर ओसार पसार गर्दा उपभोक्ता समूहले तोकेको व्यक्ति वा समितिले नियम ३४ बमोजिमको टाँचा लगाई अनुसूची–१६ बमोजिमको अनुमतिपत्र दिर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम काठ ओसार पसार गर्दा सम्बन्धित वन कार्यालयलाई अग्रिम जानकारी दिई बाटोमा पर्ने चेकपोष्टमा दरपिठ गराई लैजानु पर्नेछ ।
(३) काठ बाहेक अन्य वन पैदावारको ओसार पसार गर्दा जिल्ला वन कार्यालयलाई अग्रिम जानकारी दिई उपभोक्ता समूहले तोकेको व्यक्ति वा समितिबाट अनुमतिपत्र लिई लैजानु पर्नेछ ।