नियम १३
वन पैदावारको निकासी सम्बन्धी व्यवस्था
(१) कुनै व्यक्तिले यस नियमावली बमोजिम संङ्कलन गरेको वा प्राप्त गरेको वन पैदावारमध्ये उपनियम (२) बमोजिम विदेश निकासीमा प्रतिबन्ध लगाएको तेस्रो संशोधनद्धारा संशोधित ।वन पैदावार बाहेक अन्य वन पैदावार विदेश निकासी गर्न निवेदन दिएमा अधिकार प्राप्त अधिकारीले विदेश निकासी गर्ने अनुमतिका लागि सम्बन्धित भन्सार कार्यालयलाई सिफारिस गर्न सक्नेछ ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास किसिमको वन पैदावारको विदेश निकासीमा प्रतिबन्ध लगाउन सक्नेछ ।
(३) कुनै व्यक्ति, संघ संस्था वा उद्मोगले संङ्कलन, उपयोग, बिक्री वितरण, ओसार–पसार तथा निकासीमा प्रतिबन्ध लगाएदेखि बाहेक अन्य वन पैदावार भन्सारको प्रज्ञापनपत्र र सम्बन्धित मुलुकको आधिकारिक प्रमाण सहित विदेशबाट आयात गरी बिक्री वितरण गर्न वा पुन विदेश निकासी गर्नको निमित्त निवेदन दिएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो वन पैदावार आयात गरी बिक्री वितरण गर्न
वा पुन विदेश निकासी गर्नको लागि अनुमति दिन सक्नेछ ।