नियम ३३
वन पैदावारको रसिद र लगत
(१) उपभोक्ता समूहले कार्ययोजना बमोजिम प्राप्त हुने वन पैदावार उपभोक्ता समूहमा खपत हुने भएमा सो वन पैदावारको लगत राखी अनुसूची–१६ बमोजिमको अनुमतिपत्र दिई वितरण गर्न सक्नेछ । (२) उपभोक्ता समूहले वन पैदावारको बिक्री वितरण गर्दा अनुसूची–१७ को ढाँचामा तीन प्रति रसिद बनाई एक प्रति खरिद गर्ने व्यक्तिलाई र एक प्रति सम्बन्धित इलाका वन कार्यालयलाई दिई र एक प्रति आफैँले राख्नु पर्नेछ ।
(३) उपभोक्ता समूहले सामुदायिक वनबाट बिक्री वितरण भएको वन पैदावारको लगत तथा आम्दानी खर्चको हिसाब दुरुस्त राख्नु पर्नेछ ।