नियम २२
वन विकास सम्बन्धी व्यवस्था
(१) कार्य योजनाले निर्दिष्ट गरे बमोजिम वा नेपाल सरकारद्वारा स्वीकृत विकास कार्यहरु (नर्सरी निर्माण, विरुवा उत्पादन, वृक्षरोपण, गोडमेल, थिनिङ्ग, प्रुनिङ्ग, हारभेष्टिङ्ग, फेलिङ्ग इत्यादि ) शुरु गर्दा कम्तिमा राजपत्र अनङ्कित प्रथम श्रेणीको वन सहायक कर्मचारीले विभागले दिएको निर्देशनको अधिनमा रही लगत इष्टिमेट बनाई अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई गर्नु पर्नेछ ।
(२) स्वीकृत कार्यक्रममा परेका वन विकास तथा संरक्षण, वन कार्यालयको निर्माण तथा मर्मत सम्भार कार्यको लागि आवश्यक पर्ने काठ दाउरा जिल्ला वन कार्यालयले लगत राखी उपभोग गर्न सक्नेछ । (३) उपनियम (२) बमोजिमका कार्यहरु मध्ये भवन, घर, छाप्रो, वन पथ, पुल निर्माण मर्मत आदि कार्य गर्दा राजपत्र अनङ्कित प्रथम श्रेणीको वन सहायकले दुई लाख रुपैयाँसम्म, सहायक वन अधिकृतले दशलाख रुपैयाँसम्म, जिल्ला वन अधिकृतले सो भन्दा माथिको लगत इष्टिमेट गरी एक तह माथिको पदाधिकारीबाट स्वीकृत गराई कार्य संचालन गर्न सक्नेछ ।
(४) विकास कार्यको जाँचपास गर्ने अधिकार अधिकार प्राप्त अधिकारीले तोकिदिएको अधिकृतको हुनेछ । तर जाँचपास गर्ने अधिकार कार्य सम्पन्न गर्ने कर्मचारी भन्दा एक तह माथिको प्राविधिक कर्मचारीलाई हुनेछ ।