दफा ३२
वन्यजन्तु र वनस्पतिको नाम प्रकाशन गर्ने –
(१) नेपाल सरकारले महासन्धिको अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ मा उल्लिखित
वन्यजन्तु तथा वनस्पतिको विभिन्न प्रजाति वा उपप्रजातिको वैज्ञानिकनाम, अङ्ग्रेजी नाम तथा सम्भव भएसम्म नेपाली नाम सर्वसाधारणको
जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम प्रकाशन गर्दा त्यस्ता वन्यजन्तु वा वनस्पति नेपालमा पाइने हो होइन सो समेत खुलाउनुपर्नेछ ।