नियम १०
वन्यजन्तु वा पंक्षीको शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने
ऐन अन्तर्गत इजाजत प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षकको लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, लखेट्न वा तर्साउन वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट किटाणुलाई मार्न, पक्रन वा चोट पुर्याउन वा कुनै पनि पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला हटाउन, बिगार्न वा खलबल्याउन वा कुनै कीट किटाणु, माछा वा प्राकृतिक उपज संकलन गर्न हुँदैन ।