दफा १५क
वन्यजन्तुको अध्ययन अनुसन्धान, प्रजनन तथा पालन गर्न सक्ने
: (१) वन्यजन्तुको संरक्षण, प्रवद्र्धन र दिगो उपयोगमा सघाउ पुग्याउने उद्देश्यले वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यवसायिक रुपमा प्रजनन्‌ तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिम अनुमति लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम वन्यजन्तुको प्रजनन्‌ तथा पालनको लागि आवश्यक पर्ने बिउ प्राणी (सिड एनिमल) तोकिए बमोजिम उपलव्ध गराउन सकिनेछ ।

(३) उपदफा (१) बमोजिम अनुमति प्राप्त गरी व्यावसायिक रुपमा उत्पादन गरिएका वन्यजन्तु वा तीनका अडु वा अडुबाट तयार गरिएको वस्तु तोकिए बमोजिम उपयोग, बिक्री, वितरण वा निकासी गर्न सकिनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि तोकिए बमोजिमका वन्यजन्तुलाई तोकिए बमोजिमको अवस्थामा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न वा कुनै मुलुकमा निकासी गर्न वा कुनै मुलुकबाट पैठारी गर्न पाइने छैन ।