दफा ८८छ
वाणिज्य बैंकवा वित्तीय संस्थाको वित्तीय स्थिती सुधारको लागी सिफारिस गर्न सक्ने
(१) यस परिच्छेद बमोजीम कुनै वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्बन्धमा शुरु भएको फरफारखको प्रक्रिया सम्पन्न गर्दा समग्र वित्तिय स्थायित्व वा प्रणालीमा नकारात्मक असर पर्ने देखिएमा विशेष प्रशाषनले सोहि व्यहोरा उल्लेख गरी सो अवस्था समेत समावेश गरी भविष्यमा चाल्नु पर्ने कदम सहितको प्रतिवेदन तयार गरी बैंकसमक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजीमको प्रतिवेदन प्राप्त भएपछी बैङ्कले त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाको फरफारख गर्दा समग्र वित्तीय स्थायित्व वा प्रणालीमा नकारात्मक असर पर्ने देखिन आएमा र नेपाल सरकारले त्यस्तो वाणिज्य बैंक वा वित्तीय संस्थामा लगानी गरेमा वित्तिय स्थिति सुधार हुन सक्ने अवस्था देखिएमा बैङ्कले आफ्नो राय सहित सोहि व्यहोरा नेपाल सरकार समक्ष सिफारिस गर्र्नेछ ।
(३) उपदफा (२) बमोजीम बैङ्कको सिफारिसमा नेपाल सरकारले कुनै वाणिज्य बैंकवा वित्तीय संस्थामा लगानी गरी त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाको वित्तीय स्थिति सुधार भएमा सुधार भएको मितिले बढीमा पाँच वर्षभित्र बोलकबोलको माध्यमद्दारा नेपाल सरकारले आफ्नो लगानी भएको रकम निजी क्षेत्रलाई बिक्री गरी उठाउनु पर्नेछ ।