दफा ८६क
वाणिज्य बैंकवा वित्तीय संस्थाले बैङ्कलाई जानकारी गराउनु पर्ने
कुनै वाणिज्य बैंकवा वित्तीय संस्था प्रचलित कानूनबमोजिम दामासाही वा खारेजीमा पर्ने अवस्था भएमा वा त्यस्तो बैंकवा वित्तीय संस्थाले भुक्तानी गर्नु पर्ने कुनै रकम भुक्तानी गर्न नसक्ने वा पूरा गर्नु पर्ने कुनै वा सबै दायित्व पूरा गर्न उल्लेखनीयरुपमा (म्याटेरियल्ली) असमर्थ भएमा त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाले सोको जानकारी बैङ्कलाई पन्ध्र दिनभित्र अविलम्ब गराउनु पर्नेछ ।