नियम ७८
वातावरण दृषित पार्न नहुने
(१) विमानस्थल क्षेत्र भित्र कसैले फोहोर मैला अव्यवस्थित रुपमा राख्न पाईने छैन ।
(२) जथाभावी फोहोर मैला गर्ने व्यक्ति वा संस्थालाई प्राधिकरणले समय समयमा निर्धारण गरे अनुसार दण्ड जरिवाना गर्न सक्नेछ ।
(३) विमानस्थलको वरिपरी कम्तिमा तीन किलोमिटरको क्षेत्रमा कसैले पनि वातावरणलाई दूषित पार्ने किसिमले खुला रुपमा फोहर मैला आदि अव्यवस्थित तवरले थुपार्न र फ्याँक्न हुँदैन ।
(४) सांस्कृतिक सम्पदा, वायुमण्डल तथा वातावरण्मा पर्न सक्ने प्रदूषणको प्रभाव कम गर्न प्राधिकरणले निर्धारण गरेको प्रदूषणको सहन सीमा नाध्ने गरी कसैले पनि वायुयान उडान गर्न तथा सञ्चालन गर्न हुँदैन ।
(५) विमानस्थलमा दिगो वातावरण राख्नको लागि प्रति अवतरण र उडानमा प्राधिकरणले छुटृै शुल्क समय समयमा निर्धारण गर्न सक्नेछ ।