नियम २३
वातावरण निरीक्षकको काम, कर्तव्य र्‌ अधिकार
(१) ऐनको दफा २२ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त वातावरण निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) ऐनको दफा २२ को उपदफा (२) बमोजिम जाँचबुझको सिलसिलामा ऐन वा यस नियमावली विपरीत भए गरेको कुनै काम कारबाही तुरुन्त रोक्ा गर्नु पर्ने भएमा सम्भव भएसम्म विभाग वा सम्बन्धित सरोकारवाला निकायको अनुमति लिई रोक्का गर्ने र त्यसरी अनुमति लिन सम्भव नभएमा त्यस्तो काम कारबाही रोक्रा राखी सो कुराको जानकारी यथाशीघ्र विभाग वा सम्बन्धित

सरोकारवाला निकायलाई दिने,

(ख) निरीक्षण सम्पन्न गरी निरीक्षणबाट देखिएका कुराको विस्तृत विवरण सहितको जाँचबुझ प्रतिवेदन बिभाग वा सम्बन्धित सरोकारवाला निकाय समक्ष पेश गर्ने ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम वातावरण निरीक्षकबाट कुनै काम कारबाही रोक्का राख्नु परेको वा राखेको जानकारी प्राप्त भएमा विभाग वा सम्बन्धित सरोकारवाला निकायले सो सम्बन्धमा तुरुन्त जाँचबुझ गर्न लगाई उपयुक्त आदेश दिनु पर्नेछ ।