नियम ३३
वातावरण संरक्षणका सम्बन्धमा बचाउका उपायहरु अपनाउनु पर्ने

खनिज कार्य गर्ने व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा देहाय बमोजिमका बचाउका उपायहरु अपनाउनु पर्नेछ ः-
(क) खनिज क्षेत्र वरिपरि सतडी तथा भूमिगत जलस्रोतमा कम प्रभाव पर्ने गरी कार्य गर्ने ।
(ख) फोहोर थिग्य्राउने, पोखरी तथा पानी बग्ने उपयुक्त नालीको व्यवस्था गर्ने ।
(ग) आवश्यकतानुसार एफ्ल्युएण्ट ट्रिटमेण्टको उपाय प्रयोग गर्ने ।
(घ) विषालु ग्या“स वा अत्यधिक धूलो निस्कने खानीहरुमा प्रदूषण उत्पन्न हुने स्रोतमा सकेसम्म प्रदूषण न्यूनतम गर्ने उपाय अवलम्बन गर्ने ।
(ङ) विषालु ग्यास वा अत्याधिक धुलो निस्कने खानीहरुमा काम गर्ने कामदारहरुलाई ग्या“स फिल्टर वा डष्ट मास्क प्रयोग गर्न लगाउने ।
(च) खनिज कार्य गर्दा सकेसम्म कम मात्रामा ध्वनी उत्पन्न हुने विष्फोटक पदार्थ वा यन्त्र उपकरण प्रयोग गर्ने ।
(छ) विष्फोटक पदार्थको बैकल्पिक व्यवस्थाको रुपमा पाईने आवाज नआउने साधन प्रयोग गर्ने ।
(ज) खनिज कार्य गर्दा निस्कने अनावश्यक पदार्थ (वेष्ट) उपयुक्त ठाउ“मा जम्मा गरी सो वरिपरि पर्खाल वा अन्य तरिकाबाट घेरी बोटबिरुवा लगाउने ।
(झ) खनिज कार्य गर्दा सतही माटो (टप सोयल) निकाल्नु पर्ने भएमा सो माटो अलग्गै ठाउ“मा जम्मा गरी सुव्यवस्थित गर्ने ।
(ञ) उत्खनन् कार्य समाप्त भएपछि सो ठाउ“मा सतही माटो मिलाएर बोटबिरुवा लगाउने ।
(ट) खतरापूर्ण पदार्थ प्रयोग हुने वा खनिज पदार्थ उत्पादन गर्दा खतरापूर्ण अवस्था सृजना हुने खानीहरुमा आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्ने ।
(ठ) खनिज कार्य गर्दा वन बनस्पति तथा जीवजन्तुमा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने ।
(ड) खनिज कार्य गर्दा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने ।