नियम ३८
वातावरणीय अध्ययन गर्नु पर्ने
(१) परियोजनाको प्रकृति अनुसार त्यस्तो परियोजना कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन गर्नु पर्ने भएमा लगानीकर्ताले परियोजना लगानी स्वीकृतिको जानकारी प्राप्त गरेको मितिले एक वर्षभित्र वातावरणीय अध्ययन गर्नु वा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गरिने वातावरणीय अध्ययनको क्षेत्र निर्धारण, कार्यसूची, विषयवस्तु तथा प्रतिवेदनको ढाँचा प्रचलित कानून बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम तयार भएको प्रतिवेदनको तेह्र प्रति कार्यालयमा पेश गर्नु पर्नेछ र कार्यालयले सो-प्रतिवेदन उपर आवश्यक जाँचबुझ गरी कुनै निकायबाट कुनै कुरा बुझ्नु पर्ने वा राय वा सुझाव लिनु पर्ने भए सो समेत लिई सो राय वा सुझाव र आफ्नो सिफारिस सहित स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाउनेछ ।
(४)-उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन अध्ययन, विश्लेषण गर्दा कुनै कुरा थप अध्ययन गर्नु पर्ने वा परिमार्जन गर्नु पर्ने भएमा सिफारिस सहितको राय वा सुझावको आधारमा प्रतिवेदन परिमार्जन गर्नका लागि लगानीकर्तालाई कार्यालयले जानकारी गराउनेछ । यसरी जानकारी गराएकोमा लगानीकर्ताले पन्ध्र दिनभित्र आफूले पेश गरेको प्रतिवेदन परिमार्जन गरी पेश गर्नु पर्नेछ ।
(५) ऐनको दफा ३ बमोजिम लगानी स्वीकृत भएको परियोजनाको कार्यान्वयन गर्दा लगानीकर्ताले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको लागि वन तथा वातावरण सम्बन्धी अनुमति लिनु पर्न भएमा बोर्डले प्रचलित कानून बमोजिम त्यस्तो अनुमति समेत प्रदान गर्नेछ ।