नियम
वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने
(१) नियम ८ बमोजिम पेश भएको वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धमा सम्बन्धित निकायले आवश्यक जाँचबुझ गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझ गर्नको लागि सम्बन्धित निकायले ऐनको दफा ७ को उपदफा (२) बमोजिम समिति गठन गर्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिम गठित समितिले आवश्यकता अनुसार प्रस्ताव कार्यान्वयन हुने क्षेत्रको स्थलगत निरीक्षण, अवलोकन र अनुगमन गरी आवश्यक तथ्याङ्क सङ्कलन गरी सुझाव दिन सक्नेछ ।

(४) सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सम्बन्धमा सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ ।

(५) नियम ८ बमोजिम प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धमा जाँचबुझ गर्दा सो विषयमा थप वातावरणीय अध्ययन गर्नु पर्ने देखिएमा सम्बन्धित निकायले ऐनको दफा ७ क्रो उपदफा (३) बमोजिम संक्षिप्त वातावरणीय अध्ययनको हकमा प्रारम्भिक वातावरणीय परीक्षण र प्रारम्भिक वातावरणीय परीक्षणको हकमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रस्तावकलाई आदेश दिनु पर्नेछ ।

(६). यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम द बमोजिम प्राप्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको हकमा सम्बन्धित निकायले राय सुझाव सङ्कलन गर्नका लागि सात दिनको अवधि तोकी राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो प्रतिवेदन उतार (डाउनलोड) गर्न मिल्ने गरी सम्बन्धित निकायको वेब साइट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम सूचना प्रकाशन भएकोमा कुनै व्यक्ति वा संस्थाले आफ्नो “कुनै राय सुझाव भए त्यस्तो अवधिभित्र सम्बन्धित निकायमा पठाउन सक्नेछ।

(८) यस नियममा उल्लिखित प्रक्रिया पूरा गरी प्राप्त राय सुझाव समेतको आधारमा वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्ने नदेखिएमा सम्बन्धित निकायले त्यस्तो वातावरणीय अध्ययन प्रतिवेदन देहायको अवधिभित्र स्वीकृत गर्नु पर्नेछ :-

(क) संक्षिप्त वातावरणीय अध्ययन बा प्रारम्भिक वातावरणीय परीक्षण पन्ध्र दिनभित्र,

(ख) वातावरणीय प्रभाव मूल्याङ्कन पैंतीस दिनभित्र ।

(९) उपनियम (८) को प्रयोजनको लागि दिन गणना गर्दा कुनै विषयमा थप स्पष्ट गर्न लेखी पठाएको वा थप कागजात माग गरेकोमा माग बमोजिमको विषयमा स्पष्ट भई आएको वा थप कागजात प्राप्त भएको मितिबाट गणना गरिनेछ ।

(१०) कुनै व्यवस्थापन योजना, कार्य योजना वा बिस्तृत परियोजना प्रतिवेदनसँग सम्बन्धित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नु अघि त्यस्तो योजना वा परियोजना स्वीकृत गर्नु पर्नेछ ।