नियम १०
वायुयान दर्ता नामसारी
ः
(१) नियम ८ बमोजिम कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको वायुयान खरिद विक्री वा अन्य कुनै व्यहोराबाट अन्य कुनै व्यक्ति वा संस्थाको नाममा हस्तान्तरण गर्नु परेमा त्यस्तो वायुयानको दर्ता नामसारी गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम वायुयानको दर्ता नामसारी गर्न चाहने व्यक्ति वा संस्थाले एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरण खुलाई अनुसूची–१ मा उल्लेख भएको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दिंदा वायुयानको दर्ता नामसारी गर्न चाहने दुबै पक्षवीच भएको करार, मन्जूरीनामा वा अन्य त्यस्तै प्रकारको लिखत महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम वायुयान दर्ता नामसारीको लागि पर्न आएको दरखास्त उपर महानिर्देशकले आवश्यक जाँचबुझ गरी गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाहरुको अधिनमा रही
एक व्यक्ति वा संस्थाको नाममा रहेको त्यस्तो वायुयान अर्को व्यक्ति वा संस्थाको नाममा दर्ता नामसारी गर्ने आदेश दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम वायुयानको दर्ता नामसारी गर्ने निर्णय भएकोमा महानिर्देशकले नियम ८ को उपनियम (४) बमोजिम खडा गरिएको वायुयान दर्ता किताबमा
साविकको वायुयानको धनी वा वायुसेवा सञ्चालन संस्थाको नाम हवाई नयाँ धनी वा वायुसेवा सञ्चालन संस्थाको नाम जनाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम वायुयान दर्ता किताबमा वायुयान धनी वा वायुसेवा सञ्चालन संस्थाको नाम जनाई सकेपछि त्यस्तो धनी वा वायुसेवा सञ्चालन संस्थाको नाममा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा वायुयान दर्ता प्रमाणपत्र जारी
गर्नुपर्नेछ ।
(७) यस नियममा जुनसुकै कुरा लेखिएको तएतापनि कुनै संस्थाले नेपाल सरकार प्राधिकरणको बुझाउनु पर्ने रकम नबुझाएसम्म वायुयान दर्ता नामसारी गरिने छैन ।