नियम ५०
वायुयान मर्मत तथा संभार संस्थाको मान्यता फिर्ता लिन सकिने

(१) नियम ४९ बमोजिम मान्यता प्राप्त वायुयान मर्मत तथा संभार संस्थाबाट नेपाली वायुयानको मर्मत तथा संभार
वा ओभरहल गर्दा गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित ऐन, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाको पालना नगरेमा वा त्यस्तो व्यवस्था विपरित कुनै कार्य गरेमा महानिर्देशकले त्यस्तो वायुयान मर्मत तथा संभार संस्थाको मान्यता फिर्ता लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मान्यता फिर्ता लिनु अघि सम्बन्धित वायुयान मर्मत तथा संभार (एअर वक्र्स) संस्थालाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।